मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट

२०८२ कार्तिक २५

काठमाडौं । मधेश प्रदेशमा असंवैधानिक तवर तरिकाले मुख्यमन्त्री नियुक्त भरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्त विरुद्ध सर्वोच्च अदालतमा रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् ।

मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।

संविधानको धारा १६८ को उपधारा (२) जीवित नै रहेको अवस्था हुँदा हुँदै धारा १६८ को उपधारा (३) वमोजिम प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: