मधेशका मुख्यमन्त्री सोनलले बुझाएका राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत

२०८२ कार्तिक २३

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले बुझाएका राजीनामा स्वीकृत भएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् ।

आज सदनमा विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री सोनल प्रदेश प्रमुख सुवेदी समक्ष समेत राजीनामा पत्र बुझाएका थिए ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) बमोजिम सोनलले दिएको राजीनामा मिति २०८२ साल कात्तिक २२ गतेका दिन स्वीकृत गरिएको हो।

साथै, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेश सरकारको कार्यभार सञ्चालन गर्न तोकिएको पनि प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: