जनकपुरधाम । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् । शनिबार मधेस प्रदेशसभामा राजीनामा घोषणा गरेलगत्तै उनले प्रदेश प्रमुखकहाँ पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
मधेश प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको छ । सदनमा विश्वासको मत पाउने स्थिति नदेखेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन् ।
शनिबार (आज) उनले विश्वासको मत लिनको लागि प्रदेश सभामा दर्ता गराएको थियो। तर उनले विश्वासको मत नपाएर सरकार ढल्नुको मुख्य कारण हो, नेकपा माओवादी केन्द्रको अन्तरद्वन्द्व । यसैको कारण विश्वासको मत नपाउँदै मधेश प्रदेश सरकार ढल्न पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्: