मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल द्वारा छठघाटमा पूजाअर्चना

२०८२ कार्तिक ११

बारा । छठ पर्वको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले छठघाटमा पुगेर छठी माईलाई पूजाअर्चना गरेका छन् ।

सोमबार बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ स्थित जन्मथलोमा रहेको सिर्सिया छठघाटमा परिवारसहित मुख्यमन्त्री सोनलले पूजाअर्चना गरेका हुन् ।

त्यसैगरी मुख्यमन्त्री सोनलले परवानीपुर गाउँ पालिका वडा नम्बर ४ मा रहेका विभिन्न छठघाटमा गएर सुर्य देवलाई जलार्पण तथा छठीमाईको पूजा अर्चना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: