पूर्वप्रधानमन्त्री ओलीले जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री

२०८२ कार्तिक ५

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगको अस्तित्व स्वीकार नगरे गृहमन्त्री ओम प्रकाश अर्यालले  कानुनले ठाउँमा ल्याउँने बताएका छन् ।

पत्रकारहरुको प्रश्नमा गृहमन्त्री अर्यालले भने, ‘ उहाँ (केपी ओली) ‘सुपर सिटिजन’ त होइन । पूर्वराजा आफैंले ‘पूर्व–राजा’ भनेर लेख्नुहुन्छ । त्यत्रो इतिहास भएको राजसंस्थाको राजा त सामान्य नागरिक हो भनिरहनुभएको छ । अब केपी ओलीजीलाई ‘म कानुनभन्दा माथि छु’ भन्ने लागेको होला । तर कानुनको दायरामा ल्याएर छाडिन्छ । जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गर्नुभयो भने उहाँलाई कानुनले ठाउँमा ल्याउँछ ।’

ओलीले आफूलाई नेपालको नागरिकको रुपमा जुनुसुकै स्थानमा हिँडडुल गर्न रोक्न नसक्ने भन्दै सरकारलाई रोकेर देखाउन चुनौती दिएका थिए । यस सन्दर्भमा गृहमन्त्री अर्यालले यो विषयमा ओलीले अफवाह फैलाएको दाबी गरेका छन् । उनले ओली यो मुलुकका विशेष नागरिक नरहेकाले समान्य नागरिक सरह सरकारले व्यवहार गर्ने बताए ।

‘सरकारले त्यो बन्देज लगाएको हैन । उहाँको मनस्थितिे सरकारले रोक लगाएको देखेछ । तर त्यो आयोगले गरेको निर्णय हो । आयोग स्वतन्त्र ढंगले चलेको छ । यस्ता विषयमा उहाँले अपवाह फैलाउनु भएन, मति सुध्रिनुपर्‍यो’ गृहमन्त्री अर्यालले भने ।

 

प्रतिक्रिया दिनुहोस्: