समाज

बारा । परवानीपुर गाउँपालिकामा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु भएको छ।
केही दिन देखि तराई मधेशमा भयावह रुप लिएको हैजा निर्मूल पार्न यो अभियान शुरु गरिएको हो।
गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा आजदेखि गाउँपालिकाको सबै वडामा एकसाथ खोप अभियान सञ्चालन भएको हो।
अभियान मार्फत गाउँपालिकाभरका नागरिकलाई हैजाबाट बच्न खोप लगाइने जनाइएको छ। स्थानीय स्वास्थ्यकर्मीहरू र स्वयंसेवकको सहयोगमा खोप वितरण कार्य निरन्तर चलाइने गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: