समाज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्री नियुक्त गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।
स्रोतका अनुसार सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै जगदीश खरेललाई सञ्चार मन्त्रालय, संगीतालाई स्वास्थ्य, महावीर पुनलाई शिक्षा र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।
सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: