मन्त्रिपरिषद् विस्तार: कुलमान सहित तीन मन्त्रीको टुङ्गो, भोली शपथ

२०८२ भदौ २९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ , भने रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। खनाल पूर्वअर्थसचिव हुन् ।

यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो ।अर्याल चर्चित कानुनविद् हुन् । उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए । उनीहरुको शपथ भने भोलि हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्: