काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ ।
सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोख्रेलले बताए ।
नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए ।
स्रोतका अनुसार जेनजी अभियन्ताले राष्ट्रपति कार्यालय घेर्ने र सेना प्रमुख अशोकराज सिग्देलको संकटकाल लगाउने अवस्था आउन सक्ने चेतावनीपछि राष्ट्रपति पौडेल संसद् विघटनबारे आफ्नो अडानबाट ब्याक भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्: