काठमाडौं । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेनजी’ को विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ । सोमबार बिहान ९ बजेदेखि काठमाडौंको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले ‘आवर फ्युचर इज नट फर सेल’, से नो टु करप्सन, जेन-जी हेयर-फ्युचर क्लियर’ जस्ता नारा उल्लेखित प्ले-कार्डहरू बोकेर प्रदर्शन गरिरहेका छन्।
भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् । भ्रष्टाचार, अव्यवस्था विरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।
सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो । ‘टिकटक’, ‘रेडिट’ जस्ता सामाजिक सञ्जालबाट फैलिएको यो ट्रेन्ड सडक प्रदर्शनमा पुगेको छ । काठमाडौं जिल्ला प्रशासनका अनुसार ‘हामी नेपाल’ नामक संस्थाले प्रदर्शनका लागि अनुमति लिएको छ । संस्थाका अध्यक्ष सुदन गुरुङका अनुसार पछिल्लो समय सरकारले चालेको कदम र भ्रष्टाचारविरुद्ध यो प्रदर्शन गरिएको हो । उनका अनुसार काठमाडौंसँगै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्: