काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सम्पन्न उक्त बैठकले अब सूचीकरण प्रक्रिया पूरा नगरेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले बताएको छ।
बैठकले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
उनले प्राधिकरणले प्राविधिक चेकजाँच गरेर निष्क्रिय बनाउने बताए । यसअघि सरकारले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूलाई दर्ताका लागि निवेदन दिन भनेको थियो ।
सरकारको यो निर्णयसँगै फेसबुक, ह्वाटसएप, इस्टाग्राम लगायतका सामाजिक सञ्जाल निष्क्रिय हुनेछन् । मन्त्रालयले दर्ता हुन नआएका सामाजिक सञ्जालको सूची केही बेरमा सार्वजनिक गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: