समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार ल्याउन लागेकोमा त्यस ठाउँमा समर्थकहरू जम्मा हुन थालेका छन् । रविलाई कारागार सरुवा गरेर रुपन्देही कारागारबाट नक्खु ल्याउन लागिएको हो ।
उनलाई गौतमबुद्ध विमानस्थलबाट बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइँदै छ ।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका लामिछाने चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले गत जेठमै काठमाडौँस्थित नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोकेको थियो।
उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु ल्याउन लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्: