काठमाडौं । आज काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा गाईजात्रा मनाइँदै छ।
आज विशेष गरी काठमाडौँ उपत्यकामा, रङ्गिन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित गाईजात्रा पर्व मनाइँदै छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो सांस्कृतिक पर्व आजको दिन विशेष महत्वको साथ मनाइन्छ।
गाईजात्राको दिन, एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा, गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा छ। सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगायत अन्न र नगद दान गर्ने प्रचलन रहेकोछ। धार्मिक विश्वासअनुसार, यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले वैतरणी पार गर्न सजिलो हुन्छ।
यो पर्वको सुरुवात राजा प्रताप मल्लसँग जोडिएको छ । पुत्र वियोगले शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने देखाउन, उनले जनतालाई दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिए। पछि रानीलाई मुस्कान फर्काउन हास्यव्यङ्ग्य र प्रहसन पनि यस पर्वमा समावेश गरिएको बुझिन्छ ।
गाईजात्रा हास्यव्यङ्ग्यको पर्व पनि हो । यहाँ समाजमा रहेका विकृति–विसङ्गति उजागर गरिन्छ, व्यङ्ग्यका माध्यमबाट सचेतना फैलाइन्छ । पाटनमा देखाइने सत्ययुगको धान र चामलको नमुना, काठमाडौंको ठमेलमा प्रदर्शित स्वर्ण रजताक्षरका पुस्तकहरू दर्शकको आकर्षणका केन्द्र बन्छन् ।
सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिईदै आएकोमा यस पाली बागमती प्रदेश सरकारले प्रदेश भरी नै सार्वजनिक विदा दिएको छ ।
यहा



प्रतिक्रिया दिनुहोस्: