बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न अह्वान

२०८२ साउन २०

हेटौंडा । बागमती प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्न भनिएकाे छ ।

आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

नयाँ मुख्यमन्त्री नियुक्तिका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाबाट दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यले दाबी पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्ने आह्वान गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्: