काठमाडौं । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश (झा) अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई बलात्कार आरोपमा दायर मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । एक महिलाले अहिराजविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धान थालिएको थियो ।
साउन ४ गतेमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो ।
पूर्वप्रमुख अहिराजले आफू निर्दोष रहेको दाबी गर्दै महिलाविरुद्ध झुटो आरोप लगाएको भन्दै प्रतिआरोप लगाउदै मुद्दा दायर गरेका थिए।



प्रतिक्रिया दिनुहोस्: