भन्सार चोरी छली गरी ल्याएको सामान सशस्त्र प्रहरी द्धारा बरामद

२०८२ असार २७

वीरगञ्ज । भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ल्याएको १४ लाख ४७ हजार ६ सय २५ रुपैयाँ मूल्य बराबरको मालसामान सशस्त्र प्रहरी बल पर्साले बरामद गरी भन्सार दाखिला गरेका छन्।

शुक्रबार (आज)विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंज र बीरगंज भन्सार कार्यालयबाट खटिएका सयुक्त टोलीले बीरगंज महानगरपालिका-१० आदर्शनगर स्थित टाउनहल रोडमा रहेको BKC ईम्पेक्समा भारतबाट अवैध रुपमा भन्सार छली ल्याई भण्डारण गरी राखेको रु. ६,५९,७०० मूल्य बराबरको तयारी कपडा बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

साथै आजकै मितिमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट खटिएको टोलिले बीरगंज महानगरपालिक-१० आर्दशनगर र छप्कैयाबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको रु. २लाख ७९ हजार १ सय ०५ रुपैयाँ मूल्य बराबरको कपडा र किराना सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालमा बुझाएको  सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. वीरगन्जका सुचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई जानकारी दिए

 

प्रतिक्रिया दिनुहोस्: