समाज
जनकपुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् ।
नाउपाकी मधेश प्रदेश समानुपातिक सांसद उर्मिला देवी सिंहले आज बसेको प्रदेश सभा बैठकमा बजेटमा बिचौलिया हाबी भएको आरोप लगाउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन्।
सांसद सिंहले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी गराइन्। मधेश प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्: