एसईई २०८१को नतिजा सार्वजनिक, ४८ हजार १७७ जना विद्यार्थीले ल्याए ३.६ देखि ४ जिपिए

२०८२ असार १३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक  शिक्षा परीक्षा (एसईई) मा ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शुक्रबार एसईईको नतिजा सार्वजनिक गर्दै उक्त जानकारी दिए।

उनका अनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी रहेका छन्।

यस्तै १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गिकृत अर्थात नन् ग्रेडेड भएको छ। उनीहरुले मौका परीक्षा दिन पाउनेछन्। १२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको अध्यक्ष शर्माले जानकारी दिए।

यस वर्षको एसइइको नतिजा प्रदेशगतरुपमा कोशी प्रदेशमा ४५ हजार ८ सय ३५ जना उतिर्ण, मधेश प्रदेशमा ५९ हजार ७ सय ४९ जना, बाग्मती प्रदेशमा १ लाख १९ हजार ५ सय १७ जना, त्यस्तै गण्डकी प्रदेशमा ४७ हजार ८ सय ४९ जना, लुम्बिनी प्रदेशमा ५७ हजार ६ सय ८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४ सय ५५ र सुदुरपश्चिम प्रदेशमा ५९ हजार ८ सय ४ जना ग्रेडिड भएका छन्।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्: