वीरगञ्ज । सशस्त्र प्रहरी बल द्वारा चोरी पैठारीको सामान बरामद गरी भन्सार दाखिला गरेका छन् ।
शुक्रबार छ लाख ३९ हजार छ सय बराबरको विभिन्न प्रकारका मालसामान भारतबाट अबैध रुपमा चोरी पैठारी गरि ल्याएको सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिई वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको हो ।
आज (शुक्रबार) सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले वीरगन्ज-१ छपकैयाको बाटो हुँदै भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा रु. ३ लाख ४० हजार ८ सय बराबरको कपडा र छोकडा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
त्यसैगरी आजकै मितिमा सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट (बिओपि) सिर्सियाबाट खटिएको टोलिले जिल्ला पर्सा बीरगन्ज महानगर-३ छपकैयाबाट अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको रु २ लाख ४२ हजार मूल्य बराबरको छालाको जुत्ता र उक्त कार्यमा प्रयोग भएको मो.सा.समेत नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
साथै आजकै मितिमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जबाट र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगर-१६ नगुवा नयाँ बस्ति स्थित शिवम टोलमा रहेको रोहित प्रसाद कानुको घरमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ऐ.ऐ.नगुवा बस्ने भोला साह तेलीले ग्राउण्ड फ्लोअरको कोठामा अवैध रुपमा भण्डारण गरी राखेको रु. ५६ हजार ८ सय बराबरको चिनि, पुरानो बोरा सिलाउने मेसिन, पुरानो डिजिटल मेसिन बरामद गरी आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्गलाई जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्: