(पवन प्रसाद साह) वीरगन्ज । नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय वीरगन्जले पुर्ब श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७९ औ जन्मोत्सवको अवसरमा मिति २०८२\३\१९ गते देखी २०८२\३\२५ गते सम्म व्यासतापी कार्यक्रमको आयोजना गर्ने भएको छ।
सता व्यापी कार्यक्रम अन्तर्गत बिभिन्न मठमन्दिरमा पुजा पाठ,होमजाप तथा दिपावली गरिने जारी प्रेस विज्ञप्ती उल्लेख गरिएको छ।
नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह द्वारा जारी प्रेस विज्ञप्तीमा पुर्ब राजा ज्ञानेन्द्र शाहको ७९ औ जन्मोत्सवको अवसरमा २०८२\३\२२ गते आइतबार नेपाल राष्ट्रबाद संघ र शिव सेना नेपालको संयुक्त आयोजना घण्टाघर चोकबाट बाट शुभकामना र्याली निकाली नगर परिक्रमा गर्ने तथा २३ गते सोमबार निर्मल निवासमा मौसुफ सरकार समक्ष मौसुफ सरकारको सु-स्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको लागी शुभकामना टक्राउने कार्यक्रम रहेको समेत नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्: