काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा विगतभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । र मनसुनजन्य विपत्ति पनि बढ्न सक्ने भन्दै सचेत गराइसकेको छ ।
मौसम विज्ञान विभागले यस वर्ष तीन वटा प्रदेशमा सरदरभन्दा बढी वर्षा हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ, जसमा गण्डकी, लुम्बिनी र कर्णाली हुन् । यी प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले पूर्वानुमान गरेको छ । 
त्यस्तै, बागमती, कोशी, सुदूरपश्चिम र मधेस प्रदेशमा पनि सरदरभन्दा बढी पानी पर्ने जनाएको थियो ।
नेपालको सरदर वर्षा १४९८.४ मिलिमिटर भए पनि ०८१ मा १६९१.३ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको थियो । औसत भनेको १०० मा ९०–११० मिमि र त्यसभन्दा माथि हुनु सरदरभन्दा बढी मानिन्छ । 
२०७२ सालमा भूकम्पबाट प्रभावित जिल्लाहरू मनसुनका कारण बढी प्रभावित हुने जनाएको छ । प्राधिकरणका विपद् अनुसन्धान मापदण्ड निर्धारण शाखाका सीडीई हाइड्रोलोजी राजेन्द्र शर्माका अनुसार विभागले बढी वर्षा हुने भनी उल्लेख गरेका प्रदेशका जिल्ला ‘हटस्पट’का रूपमा देखिएका छन् । यद्यपि बृहत् रूपमा यसको अनुसन्धान भने भई नसकेको उनले बताए ।
मौसम विभागले गरेको अनुमानको आधारमा बागमती प्रदेश तथा पश्चिमका जिल्लाहरू बढी प्रभावित हुने तर्क गर्दै सचेत रहन सुझाएका छन्।
विभागले बनाएको उक्त कार्ययोजनाले यस वर्ष मनसुनबाट करिब २० लाख नागरिक प्रभावित हुनेछन् ।
जसअनुसार लुम्बिनीमा ५ लाख २३ हजार ६५६, बागमतीमा ३ लाख २७ हजार ३७६, कोशीमा २ लाख ७५ हजार ८६७ जना रहेको देखिन्छ ।
यस्तै मधेसमा २ लाख २८ हजार ६८७ जना, सुदूरपश्चिममा २ लाख २७ हजार ७३० र कर्णालीका एक लाख २७ हजार ३०८ जना नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान छ ।
विभागका अनुसार भारी, धेरै, अति भारी वर्षाको विशेष पूर्वानुमान पाँच दिन अगावै जारी गरी सरोकारवालाकहाँ पठाउने पनि तयारी गरेको छ ।




प्रतिक्रिया दिनुहोस्: