वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । पोखरिया नगरपालिकामा कार्यरत रहँदाको भ्रष्टाचारसम्बन्धि उजुरीको अनुसन्धानका लागि शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
श्रीवास्तवलाई वीरगंज महानगरपालिका १३ प्रतिमा चोक र साहलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरबाट पक्राउ गरिएको आयोगले जनाएको छ। । उनीहरुको चार वटा मोबाइल समेत आयोगले जफत गरेको छ ।
विभिन्न योजनाहरुको स्वीकृती र कर्मचारी नियुक्तिका विषयका अनियमितताको विषयमा छानविन गर्न उनीहरुलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए। श्रीवास्तव यसअघि पोखरियामा निमित्त प्रशासकीय अधिकृत थिए ।
त्यस्तै, हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियाको पनि मोबाइल जफत गरिएको आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्: