संसदबाट बाहिरियो राप्रपा र रास्वपा

२०८२ असार ६

काठमाडौं । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन्।

सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।

यसअघि, सभामुख देवराज घिमिरेले रास्वपाको विरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्: