अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्मा तानिए

२०८२ असार ५

काठमाडौं । कांग्रेस पूर्वसांसद मोहम्म्द आफताब आलमलाई ज्यान मुद्दाबाट उन्मुक्ति दिएका उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन जिम्मेवारमुक्त भई छानबिमा तानिएका छन् ।

बिहीबार बसेको न्यायपरिषद् बैठकले न्यायाधीशद्वय थारु र महर्जनलाई न्यायपरिषद्मा तानेको हो । अब उनीहरू नियमित न्याय परिषद्मा हाजिर हुनुपर्नेछ । उच्च अदालतका न्यायाधीशका हैसियतले मुद्दाको सुनुवाइ र न्याय निरुपणमा संलग्न हुन पाउने छैनन् ।

जिल्ला अदालतले आलमलाई जिउँदै इँटा भट्टामा जलाएर मान्छे मारेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। तर, उच्च अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएपछि यसको देशभर व्यापक चर्चा र आलोचना भएको थियो। यो घटनाले न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।

आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् ।

बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूतले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित गत मंगलबार र त्यसअघि जेठ १६ गते युवराज पौडेल सफलले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: