काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन् ।
मिश्र मंगलबार बयानका लागि अदालत हाजिर भएका थिए । धरौटीमा रिहा भएपछि मिश्रले राज्यले अन्याय गरेपनि अदालतले न्याय दिएको प्रतिक्रिया दिए । राज्यले दोषी करार गर्न विभिन्न आरोप लगाउनु दु:खद रहेको उनले बताए ।
राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा पनि अदालत न्याय दिन सक्षम रहेछ,’ मिश्रले भनेका छन्, ‘अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा गर्दो रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास गर्छु ।’
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्र, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो ।
गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्र धरौटी बुझाएर अदालतबाट बाहिरिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्: