जिल्ला प्रशासन कार्यालय पर्साद्वारा राष्ट्रीय परिचय पत्र सेवा समयमा थप व्यवस्था

२०८२ असार ३

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रीय परिचय पत्रको विवरण संकलन सम्बन्धी सेवा अधिक प्रभावकारी बनाउन नया व्यवस्था गरेको छ ।

विगत केही दिनदेखि राष्ट्रीय परिचय पत्र बनाउन चाहने सेवाग्राहीको चाप निकै बढी रहेकाले सेवाग्राहीको सुविधा अनि सहजतालाई मध्यनजर गर्दै असार ४, २०८२ देखि सार्वजनिक विदाबाहेक हरे एक दिन बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सम्बन्धित सेवा प्रदान गरिने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सम्बन्धित सबैमा यो व्यवस्थाको जानकारी गराउदै सहकार्यको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: