जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४७ अर्ब रुपैयाँको महत्त्वाकांक्षी बजेट आज प्रस्तुत गर्ने तयारी गरेको छ । आज अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले सो बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सरकारले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखी बजेट निर्माण गरेको जनाएको छ । यी क्षेत्रको विकासमार्फत प्रदेशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने लक्ष्य बजेटले लिएको बताइएको छ ।
चालु आ.व. को ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको तुलनामा आगामी आर्थिक वर्षका लागि करिब ३ अर्ब रुपैयाँले बढीको बजेट ल्याउन लागिएको हो ।
सर्वोच्च अदालतले संसदीय विकास कोष खारेज गरिसकेको अवस्थामा पनि मधेश सरकारले सांसदहरूलाई खुसी पार्न प्रत्यक्ष निर्वाचित सांसदका लागि ३ करोड र समानुपातिक सांसदका लागि १.५ करोड रुपैयाँ बराबरको योजनाहरू बजेटमा समावेश गरेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: