वीरगन्ज । सशस्त्र प्रहरी बल नेपालले अबैध रुपमा चोरी छली ल्याएको १३ लाख ४४ हजार २० रुपैयाँ मूल्य बराबरको मालसामान बरामद गरी वीरगन्ज भन्सार कार्यालय दाखिला गरेका छन् ।
२९ गते विहिबार सशस्त्र प्रहरी बल,नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले बीरगञ्ज महानगर वडा नं. १६, नगुवा गाउँ स्थित डम्पिङ साइट नजिकबाट भारतबाट अवैध रुपमा भन्सार छली गरी ५ वटा साईकलहरुमा ल्याउँदै गरेको अवस्थामा ७ लाख ६७ हजार ९ सय बराबरको कपडा र साईकल तथा उक्त चोरी पैठारी कार्यमा संलग्न ब्यक्तिले प्रयोग गरेको ना १६ प ६२७५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई मोटरसाइकल को रु १ लाख ५० हजार भन्सार मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
साथै विहिबार २९ गते नै सोही गुल्मले बीरगञ्ज महानगर-१ब६ स्थित बिभिन्न सीमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई विभिन्न सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको ४ लाख ,२६ हजार १ सय २० रुपैयाँ मूल्य बराबरको ईलेक्ट्रोनिक लगायत अन्य सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल वीरगन्जका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई बताए।



प्रतिक्रिया दिनुहोस्: