जयकुमार यादव, राष्ट्रमार्ग
वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अबैध चोरी पैठारी गरि ल्याएको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले १३ लाख ७१ हजार ९ सय ८० रुपैयाँ बराबरको सामान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ।
मंगलबार सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा वीरगञ्ज महानगर-१० बजरंगटोल स्थित सुधा कुञ्ज लेखिएको ३ तले पक्की घरको भूईतलामा भाडामा लिई धिरज रौनियारले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई गोदाम गरी भण्डारण गरी राखेको अवस्थामा मूल्य रु.७ लाख ७० हजार ५ सय मूल्य बरावरको लत्ताकपडा तथा BR05U4530 भारतिय नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल भेटाएको हुँदा उक्त मोटरसाइकलको रु.१ लाख ५० हजार मुल्याङ्कन गरी कपडा सहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।
सशस्त्र प्रहरी गुल्मले आजै मंगलबार वीरगञ्ज महानगर-१० तथा १६ स्थित बिभिन्न सीमा नाकाहरुबाट २ लाख ४८ हजार एकसय रुपैयाँ बरावरको कपडाहरु र मसलाहरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण वीरगन्जका सुचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई जानकारी दिए।
मंगलमय सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनि गाउँपालिका-०५ स्थित प्रसौनिबाट भारतबाट अबैध रुपमा भन्सार छलि BR 22 T1432 नम्बरको मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको किराना सामान सहित मोटरसाइकल नियन्त्रणमा लिई उक्त मोटरसाइकल आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी वीरगन्जले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: