कोरोना संक्रमणबाट भारतमा ५८ जनाको मृत्यु, नेपाल उच्च जोखिममा

२०८२ जेष्ठ २७

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण संख्या बढ्दै, ५८ जनाको मृत्यु, नेपाल पनि उच्च जोखिममा पर्न सक्ने आंकलन छ ।

भारतमा कोरोना भाइरसबाट पछिल्लो पटक ५८ जनाको मृत्यु भैसकेको अवस्थामा नेपाल पनि उच्च जोखिममा परेको हो । भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य विभागका अनुसार पछिल्लो ९ दिनमा ३ हजार ४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ । मे ३० सम्म सक्रिय संक्रमित २ हजार ७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो । हाल दैनिक ४०० नयाँ संक्रमित र औषतमा ५–६ जनाको मृत्यु हुने गरेको भारतीय अधिकारीहरुले बताएका छन् ।

भारतमा चार नयाँ भेरियन्टहरू पत्ता लागेका छन् । नयाँ भेरियन्टहरू छिटो फैलिने र प्रतिरोधात्मक क्षमतालाई प्रभावित पार्ने देखिएको छ । तर, विज्ञहरूले चिन्ता नलिन र सावधानी भने अपनाउन आग्रह गरेका छन् । भारतको केरला राज्यमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।

भारतमा नयाँ संक्रमितहरु फेला परिरहेको बेला नेपाल पनि उच्च जोखिममा परेको छ । भारतबाट नेपाल आएका कतिपय मानिसहरुमा कोरोना पुष्टि भएको छ ।

नेपालमा जोखिम कम गर्नका लागि सर्तकताको पूर्व तयारी अपनाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा.प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तीव्र रूपमा फैलिएको सङ्क्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्व तयारी भइरहेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्: