वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले छिमेकी मुलुक भारतबाट अबैध रुपमा चोरी पैठारी गरि ल्याएको मालसामान बरामद गरी वीरगन्ज भन्सार कार्यालय दाखिला गरेका छन् ।
सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलिले बीरगंज महानगर स्थित बिभिन्न स्थानहरुबाट रु.७ लाख ३९ हजार,९५० रुपैयाँ बराबरको भन्सार छली नेपाल भित्र्याईएको बिभिन्न किसिमका सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको गाडी मोबाईल टोलीले बहुअरी चोकबाट परवानीपुर तर्फ जाँदै गरेको ब्रोइलर कुखुरा लोड गरिएको प्रदेश २-०३-००१ च ४१६७ नम्बरको बोलेरो पिकअप गाडीलाई वीरगञ्ज म.न.पा.-२५, बहुअरी चोकमा रोकेर चेकजाँच गर्दा उक्त गाडीको साथमा ब्रोइलर कुखुराको विल, VCTS तथा भेटेरिनरीको प्रमाणपत्र नभएको भेटिएको र उक्त गाडीलाई चालकले बेवारिसे अवस्थामा बाटोमै छाडेर भागेको हुँदा भन्सार छली चोरी-पैठारी गरि भारतबाट नेपाल भित्र्याइएको मूल्य रु.१ लाख ८४ हजार बराबरको ब्रोइलर कुखुरा सहितको उक्त गाडीलाई नियन्त्रणमा लिई गाडिको रु.२५ लाख भन्सार मुल्याङ्कन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
उक्त ब्रोइलर कुखुरा आवश्यक प्रकृया पुरा गरी आजै नष्ट गरिएको छ साथै सोहि गुल्मले बिभिन्न सीमा नाकाहरुबाट रु. २ लाख७३ हजार १६० रुपैयाँ बराबरको मोबाईल तथा ईलेक्ट्रिक सामानहरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बीरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्सा वीरगन्जका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई बताए।



प्रतिक्रिया दिनुहोस्: