समाज
काठमाडौं । आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।
राजावादीहरुले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंहसहित ७ जनालाई जिम्मा जमानीमा रिहा गरिएको छ।
आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका ८ जना मध्ये ७ जनालाई प्रहरीले रिहा गरेको हो। पक्राउ परेका राजिव झा नछुट्ने भएका भएका छन्। उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्: