जसपाको दोस्रो बैठक सम्पन्न, सदस्यमा ८ जना मनोनित

२०८२ जेष्ठ १८

पूजा पाठक १७ जेष्ठ

रौतहट । जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटको दोस्रो बैठक शुक्रवार पार्टी कार्यालय गौरमा सम्पन्न भएको छ।

अपुग रहेको जिल्ला समितिको पूर्णताको लागि जिल्ला कार्य समितिको बैठक बोलाइएको थियो।

जिल्ला अध्यक्ष राजिव रंजन यादवको अध्यक्षतामा भएको बैठकले जिल्ला सदस्यमा ८ जनालाइ मनोनित गरेको छ।

बैठक बाट उपेन्द्र यादव,बच्चा यादव, बिर्जन यादव,भगुनी यादव, सरोज यादव, सुनेश्वरनाथ जैसवाल, तेजार्थ अन्सारी, अशोक चौबे लाइ सर्ब सहमत बाट सदस्य पदमा मनोनित गरेको जिल्ला अध्यक्ष राजिव रंजन यादवले जानकारी दिएका छन्।बैठकमा पार्टीको सुद्रिढीकारण, संगठन विस्तार गर्ने बिषयमा पनि छलफल गरेको बुझिएको छ। रौतहट जिल्लामा जनता समाजबादी पार्टीले मधेशी जनताको हक अधिकार, संबिधान संसोधन, बिधयेक प्रतिको धारणाको बारेमा आम नागरिकलाइ बुझाउनु पर्ने बारे पनि छलफल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: