अबैध चोरी पैठारी गरि ल्याएका सामान सशस्त्र प्रहरी द्धारा बरामद

२०८२ जेष्ठ १७

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले चोरी पैठारी गरि ल्याएको सामान बरामद गरी भन्सार बुझाएका छन् ।

शुक्रबार १६ गते सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पि.सुख्खा बन्दरगाहबाट खटिएको टोलीले वीरगन्ज महानगर-२५ स्थित चण्डालचोकबाट भारतबाट अवैध रुपमा भन्सार छलि प्रदेश २-०३ ००१ स ४२६४ नम्बरको ई-रिक्सामा लोड गरि ल्याउँदै गरेको मुल्य २ लाख ७० हजार बराबरको मोटर पार्टस र २ लाख मुल्य बराबरको ई-रिक्सा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

त्यसतै आजकै मितिमा विशेष सूचनाको आधारमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१६ नगुवा गाउँ स्थित डम्पिङ्ग साईटबाट सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ४ वटा साईकलहरुमा लोड गरि वीरगंज तर्फ ल्याउँदै गरेको ८ लाख ३६ हजार ९सय ५० मूल्य बराबरको मोबाईल पार्ट्स्, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज साथै उक्त सामानहरु ढुवानी गर्न प्रयोग गरिएका ४ वटा साईकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

यसैगरि भगुवा तथा नगवा ईलाकाबाट रु.७३ हजार ८००।- बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. वीरगन्जका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबर डट् कम् लाई जानकारी दिए।

 

 

प्रतिक्रिया दिनुहोस्: