गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

२०८२ जेष्ठ १७

 

पुजा पाठक

गौर । रौतहट जिल्लामा बिभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाइएको छ। लामो जनयुद्ध र मधेश आन्दोलनको बलमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको सम्झनामा बिभिन्न कार्यक्रम आयोजना गरि १८ औं गणतन्त्र दिवस मनाइएको हो।

नेपाली जनताको त्याग र बलिदानीको बलमा आएको गणतन्त्र दिवसको अवसरमा सुरक्षा निकायका प्रमुख र गौर नगरपालिकाको सहकार्यमा प्रादेशिक अस्पताल गौरमा उपचार गराई रहेका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको छ।

प्रादेशिक अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मोहमद अनवर हासमीले बिरामीहरुलाई नगर प्रमुख शम्भु साह, प्रदेश सांसद नागेन्द्र साह, प्रमुख जिल्ला अधिकारी बिनोद खड्का, जिल्ला समन्वय समितिका अध्यक्ष राम आयोध्या राय यादव सहित सुरक्षा प्रमुखहरुले फलफुल वितरण गरेको जनाएका छन्।

फलफुल वितरण पछि सम्बोधन गर्दै नगरप्रमुख साहले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाले नेपाली जनताको हक अधिकारको साथै समानताको अधिकार सुनिश्चित गरेको बताए।

नेपालमा नया संबिधान र संघियता कार्यन्वयन कै शिलशिलामा रहेकोले संघियता मास्ने सड्यन्त्र भै रहेकोले सचेत हुनु पर्ने बेला रहेको उल्लेख गरे।

दिवसको अवसरमा प्रादेशिक अस्पताल गौर तथा स्वास्थ्य कार्यालयले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा मेयर साहले समेत रक्तदान गरेका हुन।

रक्तदान जीवन दान भन्ने मुलनाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ११ जनाले रक्तदान गरेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका निमित्त कार्यालय प्रमुख राजेश सिंहले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्: