समाज
सशस्त्र प्रहरी बल नेपाल पर्साले चोरी छली पैठारी गरि ल्याएको १३ लाख ३ हजार ६ सय बराबरको सामान भन्सार दाखिला गरेका छन्।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्सा, सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जिल्ला पर्सा वीरगंज वीरगन्ज महानगर -१० आदर्शनगर स्थित जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भित्र्याएर गोदाम गरी राखेको मूल्य रु.१३ लाख ३ हजार ६ सय बरावरको कपडा, चिनी, मरिच र चकलेट नियन्त्रणमा लिई मिति २०८२।०२।१५ गते आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई बताए ।



प्रतिक्रिया दिनुहोस्: