विभिन्न मुद्दामा कैद, जरिवाना र सजाय लागेगा ११ जना अभियूक्त पक्राउ

२०८२ जेष्ठ १६

 

पुजा पाठक १४ जेष्ठ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बिभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय भएका ११ जनालाइ पक्राउ गरेको छ।

रौतहट जिल्ला अदालतको फैसला कार्यन्वयन अभियान अन्तर्गत कैद जरिवाना सजाय भएका प्रतिवादीलाइ पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चेक अनादर मुद्दाका ५, अभद्र व्यव्हारका २, चोरी मुद्दाका १, बिगो मुद्दाका १, बाल यौन दुर्व्यवहार मुद्दाका १ र नाप तौल सम्बन्धि कसुरमा ५ हजार जरिवाना भएका बद्री महतलाइ पक्राउ गरिएको छ।

बिगो मुद्दामा ६ महिना कैद सजाय भएका राधा ठाकुर हजाम, चेक अनादर मुद्दामा ५ सय जरिवाना भएका महम्मद साबिर हुसैन, २ हजार रुपैया जरिवाना भएका महम्मद साबिर हुसैन, ५ सय रुपैया जरिवाना भएका ताबारक हुसेन मिया, १ हजार जरिवाना लागेका मो. जाकीर हुसैन, २ सय रुपैया जरिवाना भएका सन्तोष कुमार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चोरी मुद्दामा ३ महिना कैद र २ हजार ५सय रुपैया जरिवाना भएका बैजु साह, अभद्र व्यव्हार मुद्दामा २ हजार ६ सय ५५ रुपैया जरिवाना भएका शम्भु राम, अजय कुमार राम, बाल यौन दुर्व्यवहार मुद्दामा ६ महिना कैद र १० हजार रुपैया जरिवाना भएका फतुरी माझी मुसहरलाइ पक्राउ गरि सम्बन्धित निकायमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नेत्र मनि गिरिले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्: