वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले स्रोत नखुलेका नगद रु. ६ लाख व्यक्ति र मोटरसाइकलसहित वीरगन्ज भन्सार बुझाएकक छन्।
मिति २०८२।०२।१४ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले वीरगंज महानगर -१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको भन्सार चेकजाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि त्रिभुवन राजपथ सडक खण्डको वीरगंजतर्फ जाने बाटोमा विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०३-००४ प ५६६४ नम्बरको मोटरसाइकल र उक्त मोटरसाइकलमा सवार जिल्ला बारा, बिश्रामपुर गा.पा. -३ बरैनिया बस्ने अन्दाजी बर्ष ४० को १ जना पुरुषलाई चेकजाँच गर्दा निजले शरिर तथा जुत्तामा लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको नेपाली रुपैयाँ रु. ६लाख सहित मोटरसाईकल र निज ब्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई बताए ।



प्रतिक्रिया दिनुहोस्: