कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालतले दियो सफाइ

२०८२ जेष्ठ १५

वीरगन्ज । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले सफाइ दिएको हो ।

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालत वीरगन्ज इजलासले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो। न्यायाधीशहरू खुसीराम थारू र अर्जुन महर्जनको इजलासले सुनुवाइपछि यो फैसला सुनाएको हो ।

अफताब आलमलाई सफाइ दिने उच्चको आदेशमा के छ ?

मिति ०६४/१२/२७ मा बम विस्फोटको घटना भएको भनिएकोमा सो वारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको । सो विषयमा जाहेरी गरी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरू मृत्यु भएका भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति०६५/३/३० मा यसै कसैउपर मुद्दा नचलाउने भनी निर्णय भएको देखियो । सम्मानीत सर्वोच्च अदालतबाट उक्त मिति ०६५ ३ ३० को उक्त निर्णय बदर गरी पुनः प्रमाणित देखि प्रचलित कानुन बमोजिम गर्न गराउन मिति ०६९/२/१६ मा परमादेश जारी भइ ०७६/१२/११ मा पुन अनुसन्धान भएको देखिन्छ ।

संकलित सबुत प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति ०६४/१२/२७ मा बम विस्फोट वस्तुनिष्ट प्रमाणले पुष्टि हुन नसकेको । विष्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रकाश सिंह र ओसी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा हाली पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनसमेत मृतकहरूलाई इट्टाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा सुरुले गरेको सजाय नमिलेको देखिँदा उल्टी भई सफाइ पाउनू ।

 

प्रतिक्रिया दिनुहोस्: