यातायात कार्यालय बाराद्वारा आठ करोड २१ लाख राजस्व सङ्कलन

२०८२ जेष्ठ १३

कलैया । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेष्ठ पहिलो सातासम्मको अवधिमा रु ८ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन भइरहेको, “कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको कार्यालय प्रमुख अविन्दर दासले जानकारी दिए।

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन कर तर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ भने सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै अनुमतिपत्र थप पास तर्फको शीर्षकमा रु २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने रु ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ । त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा रु ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्र्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ । त्यस्तै आयकरतर्फ रु आठ लाख ६० हजार ५२५ र पटके करतर्फ रु ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन गरेको प्रमुख दासले बताए ।

 

प्रतिक्रिया दिनुहोस्: