वीरगन्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्साका विभिन्न स्थानबाट १० लाख ८४ हजार १९० रुपैयाँ बराबरको चोरी छली ल्याएको अवैध सामान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ । भन्सार छली चोरी निकासी तथा पैठारी गर्न लागिएका ती सामानहरु सशस्त्र प्रहरीले विशेष अभियान चलाएर नियन्त्रणमा लिएको हो
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले अलौ तथा कोनिया ईलाकाबाट रु. १,१८,२००।-बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। वि.ओ.पि.प्रसौनिभाठा र बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले पनि रु.१,२८,८७०।- बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली लुकाई छिपाई लैजाँदै र भित्र्याउँदै गरेको अवस्थामा दुई थान मोटरसाइकल, किराना सामान, तयारी कपडा, मोबाइल पाट्र्स, मोटर पाट्र्स, फलफूल, मदिरा लगायतका विभिन्न सामानहरु बरामद गरिएको हो। ती सामान ओसारपसारमा प्रयोग भएका मोटरसाइकलहरु समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल हे.क्वा. नं.१३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी उपरिक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्: