ओलीले दिए निर्देशन: जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

२०८२ जेष्ठ १२

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रण हुनुपर्ने बताए।

ओलीले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्न निर्देशन दिदै जेठ १५ गते हुने प्रदर्शनको विपक्षमा तयारी रहन र जनतालाई भ्रम चिर्न आग्रहगरे।

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी  शर्मा ओलीले जेठ १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् ।

आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै र राजावादीको आन्दोलनलाई लक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन  निर्देशन दिए । राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ’।  कसले ‘कसरी कुन संस्था अगाडि लाग्छ, त्यसलाई छाड्दिनुस् । आन्दोलनमा प्रोटोकल सोर्टकलका कुरा हुँदैन । सबै एकैतिर अघि बढ्ने ।’

 

प्रतिक्रिया दिनुहोस्: