नौबिसे – नागढुङ्गा सडक खण्ड आजबाट १५ दिन दिउँसो बन्द

२०८२ जेष्ठ ११

काठमाडौं । नौबिसे – नागढुङ्गा सडकको पिप्लामोड खण्ड आजबाट १५ दिन बन्द हुने भएको छ । जेठ २५ सम्म बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।

सडक निर्माण सुधार गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको उक्त अवधिमा सबै पुरानो कालोपत्र सडक भत्काइएको र अब सडक बन्द गरेर नयाँ कालोपत्र गरिने मुग्लिङ– नागढुङ्गा सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

आजदेखि काठमाडौंबाट भित्रने सवारी साधनलाई खानीखोलामा रोकेर पहिला ग्राभेल गरेर वेस राख्ने र पानीले समस्या नगरे उक्त अवधिभित्र १.८ किलोमिटरमा सडक कालोपत्र गरेर सकिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्: