समाज
वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण भेगबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको गहुँ र चामलको कनिका बरामद गरेको छ ।
बुधबार सशस्त्र प्रहरी बल,नेपाल नं. १३ गण हे.क्वा.पर्सा र सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलिले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याई खेतमा जम्मा गरि राखेको अवस्थामा १०६ बोरा गहुँ (५३ क्वीन्टल) र २८ बोरा (११ क्वीन्टल) चामलको कनिका बिन्दवासिनी गा.पा.-४ स्थित अमरपट्टी नाकाबाट नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर सिंहले राष्ट्रमार्ग खबरलाई बताए ।



प्रतिक्रिया दिनुहोस्: