न्याय परिषद्ले सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि माग गर्यो

२०८२ बैशाख ३०

काठमाडौं । देशभरका सबै न्यायाधीशहरूले हरेक दुई महिनामा १/१ वटा फैसलाको प्रमाणित प्रतिलिपि न्याय परिषद्मा पठाउनुपर्ने भएको छ ।

मंगलबार सबै अदालत तथा न्यायाधीकरणहरूलाई परिपत्र गर्दै आफूले गरेका फैसलामध्ये प्रत्येक दुई महिनामा आफैँले चयन गरी फैसलाको प्रतिलिपि तथा सोको विद्युतीय कपी पठाउन न्याय परिषद्ले भनेको हो ।

फैसला लेखनको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ वैशाख महिनादेखि लागू हुनेगरी हरेक दुई महिनामा फैसलाको प्रतिलिपि पठाउन परिपत्र गरिएको परिषद्का सहसचिव/प्रवक्ता अशोककुमार क्षेत्रीले बताए ।

ती फैसला साउन र असोज महिना बाहेक अन्य महिनामा गरेको हुनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । परिषद्ले उच्च र जिल्लासहित विशेष, श्रम, उपभोक्ता, प्रशासकीय, बाल अदालत र सबै न्यायाधीकरणहरूमा सो परिपत्र गरेको हो ।

वैशाख २५ गते बसेको परिषद् बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: