रौतहटमा रेड टेलिभिजन सञ्चालकद्वारा पुण्यतिथिमा फलफूल वितरण

२०८२ बैशाख २८

दिपेश कुमार शाह बैशाख २८ रौतहट / रौतहट जिल्लाको पहिलो टेलिभिजन संस्था ‘रेड टेलिभिजन’का सञ्चालक जय प्रकाश यादवले स्व. धर्मपत्नी रामा यादवको पुण्यतिथिको अवसरमा प्रादेशिक अस्पताल गौरमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेका छन्।

शनिवार सम्पन्न कार्यक्रममा यादवले कोभिड महामारीको समयमा ज्यान गुमाएकी पत्नी रामा यादवको सम्झनामा सामाजिक उत्तरदायित्व स्वरूप फलफूल वितरण गरिएको बताए। “उहाँको सम्झनामा केही सकारात्मक कार्य गरौं भन्ने उद्देश्यले यो सानो पहल सुरु गरेका हौं,” सञ्चालक यादवले भावुक हुँदै भने।

कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका विभिन्न विभागका दर्जनौं बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। अस्पताल प्रशासनले पनि सामाजिक सद्भावको यस्तो कार्यको प्रशंसा गरेको छ।

स्थानीय स्तरमै सञ्चारको माध्यमबाट जनचेतना फैलाउने उद्देश्यले स्थापित रेड टेलिभिजन रौतहट जिल्लामा क्रियाशील छ। सञ्चालक यादवले आगामी दिनहरूमा यस्ता सामाजिक कार्यलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: