समाज
काठमाडौं । आज वैशाख २६ गते ७३ औँ कानुन दिवस, न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्दनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ ।
विसं २००७ सालमा प्रजातन्त्र स्थापना भए पश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरण गर्दै यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सर्वोच्च अदालतको आयोजनामा आज अपराह्न यहाँ विशेष कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।



प्रतिक्रिया दिनुहोस्: