जेठ १५ गतेबाट राजावादीले घोषणा गर्यो अनिश्चितकालीन जनआन्दोलन

२०८२ बैशाख २५

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ ।

बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा उनले राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने समेत बताए । सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए ।

उक्त घोषणालगत्तै सम्बोधन गर्ने क्रममा लिङ्देनले भनेका छन्, ‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौं ।’

लिङदेनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभइ सिंगो देशको भएको जिकिर गरे । उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल गरे ।

लिङ्देनले थप भने, ‘यो ध्रुवीकरणमा सामेल हुन अहिलेको कठित गणतन्त्रको पक्षमा रहेका, ०६२/०६३ को परिवर्तनलाई परिवर्तन मान्नेहरूलाई पनि आउन आग्रह गर्न चाहन्छु ।’

जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत सहभागी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्: