नेपाल प्रहरीका ७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रहरी प्रमुख परिवर्तन

२०८२ बैशाख २१

काठमाडौं ‌। नेपाल प्रहरीका ७ जना (डीआईजी) प्रहरी नायव महानिरीक्षक को सरुवा भएको छ ।

गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका हुन् । सरुवासँगै कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशका प्रहरी प्रमुख सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको छ ।

त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: