प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड बिच छलफल

२०८२ बैशाख २१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको बुझिएको छ । छलफलमा माओवादीका उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस्: